SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार ९ असो २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

काठमाडौं महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले धारणा राख्नुभएको छ । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभा गृहमा आउनुभएका उहाँहरुले यस्तो प्रतिक्रिया दिनुभएको हो ।  सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्नुहुन्छ, 'हाम्रा लागि यो ठुलो सहयोग हो ।' सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत भन्नुहुन्छ, 'यो जनता जननता विचको  मधुर सम्बन्ध विकासको नमूना हो ।' वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामी भन्नुहुन्छ, 'एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं