राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले उद्धार कोषमा १ करोड ३८ लाख रुपैयाँ जम्मा गरे
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि १ करोड ३८ लाख ८८ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
