नेटटीभी, हिमालय टेलिभिजन र इसेवाले पाए एनपीएल–३ को प्रसारण र टिकटिङ अधिकार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार प्रदान गरेको छ। क्यानले बोलपत्र तथा खरिद प्रक्रिया सम्पन्न गरी एनपीएलको तेस्रो संस्करणका लागि सफल अधिकारधनीहरूको घोषणा गरेको हो। क्यानका अनुसार विश्वभरका लागि ओटीटी अधिकार नेटटीभी प्रालिले प्राप्त गरेको छ।
