नेपालको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न तथा जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको महाविपत्तिले नेपालको हिमाली पर्यावरण असाधारण रूपमा नाजुक अवस्थामा रहेको देखाएको बताए ।
