जेनजी आन्दोलनको उपलब्धीहरुलाई खेर जान दिनेछैन् : मन्त्री सिन्हा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरुको आहुति खेर नजाने बताएका छन् । सोमबार शपथ ग्रहणसँगै पदभार ग्रहण गर्न सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको आन्दोलनमा धेरैले ज्यान पनि गुमाउनु परेको भन्दै उनीहरुको देन र ज्यानको आहुति आगामी दिनमा खेर नजाने बताए ।
