पदभार ग्रहणपछि महावीरले भने :मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज सोमबार शीतल निवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा आएर पुनले पदभार ग्रहण गरेका हुन् ।
