SHARE
ओएसनेपाल · सोमबार ६ असो २०८२ ०१:३५ PM · 1 मिनेट पढाइ

जनताले महसुस गर्ने गरी काम गर्छौं: सञ्चारमन्त्री खरेल

काठमाडौँ, ६ असोजः नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रीत हुने बताउनुभएको छ । आज सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च कर्मचारी र मातहतका निकायका प्रमुखलाई निर्देशनसहितको मन्तव्य दिँदै उहाँले जनताले महसुस गर्ने गरी अन्तरिम सरकारले काम गर्ने बताउनुभयो ।