SHARE
बासुरी खबर · शुक्रबार​ २९ चैत २०८१ ०३:०३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाले निकाल्यो स्थान रिक्ततासम्बन्धी सूचना

काठमाडौँ । प्रतिनिधिसभाको रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधनपछि संसद्ले स्थान रिक्तताको सूचना निकालेको छ । राप्रपाबाट निर्वाचित बोहराको चैत्र १९ गते निधन भएको थियो । बिहीबार संघीय संसद्का महासचिव पद्‌मप्रसाद पाण्डेले सूचना जारी गर्दै स्थान रिक्तताको जानकारी दिएका हुन् ।