केरुङ र तातोपानी नाका बन्द हुँदा कोरला पुगे व्यवसायी, ढुवानी भाडाले बढायो चिन्ता
सिन्धुपाल्चोक — रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि चीनसँग जोडिएका उत्तरी नाकाहरू प्रभावित हुँदा नेपाल–चीन व्यापारमा प्रत्यक्ष असर परेको छ। केरुङ नाका बन्द तथा तातोपानी नाकालाई चिनियाँ अधिकारीले ‘हाइ रिस्क’ क्षेत्र भन्दै अस्थायी रूपमा भन्सार कारोबार रोकेपछि नाका सम्बद्ध व्यवसायीहरू वैकल्पिक मार्ग खोज्दै मुस्ताङको कोरला नाकातर्फ जान थालेका छन्।
