बाढी प्रभावित ६०० परिवारलाई दराज नेपालले दियो खाद्य सामग्री
काठमाडौं। दराज नेपालले भोटेकोशी बाढी प्रभावित करिब ६०० परिवारलाई लक्षित गर्दै ३० हजार अमेरिकी डलर अर्थात् करिब ४५ लाख रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराएको जनाएको छ । कम्पनीले थप आवश्यक सहयोगका लागि समेत योजना तथा तयारी गरिरहेको बताएको छ ।
