‘पुँजी बजारलाई शेयर कारोबारमा मात्र सीमित नराखि बैंकिङमा मात्र निर्भर अर्थतन्त्रलाई मार्केट बेस्ड फाइनान्सिङतर्फ रूपान्तरण गर्नुपर्छ’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल शेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
