नेपालको पुनर्निर्माणमा सहयोग गरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा बोल्ने कोरियाका परराष्ट्रमन्त्रीको प्रतिबद्धता
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ ।
