विश्वकपपछि सन्यास लिने अनुमानबीच मोड्रिचले भने– अझै खेल्छु
काठमाडौं । क्रोएसियाका कप्तान तथा स्टार खेलाडी लुका मोड्रिचले ४० वर्षको उमेरमा पनि आफ्नो खेल जिवनलाई निरन्तर राख्ने निर्णय गरेका छन् । फिफा विश्वकपपछि उमेरका कारण राष्ट्रिय टोलीबाट सन्यास लिन सक्ने आंकलन गरिएका बेला उनले यस्तो निर्णय गरेका हुन् ।
