SHARE
हाम्रो खेलकुद · आइबार​ ५ असो २०८२ ०१:४७ AM · 1 मिनेट पढाइ

केनको ह्याट्रिकमा बायर्नको शानदार जित

एजेन्सी– हेरी केनले सिजनको दोस्रो ह्याट्रिक पूरा गरेपछि बुन्डेसलिगामा बायर्न म्युनिखले हाँफेनहाइमलाई ४–१ ले हराएको छ। शनिवारको जितससँगै बायर्नले शतप्रतिशत सुरुवात कायम राखेको छ। ३२ वर्षीय इंग्ल्याण्ड कप्तान केनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खाता खोले। उनले ५२औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे । ७१औँ मिनेटमा अर्को पेनाल्टी गोलमा ह्याट्रिक पूरा गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद