बंगलादेशसँगै नेपाल सेमिफाइनलमा
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले आज श्रीलंकालाई ४-० ले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो। श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक बनाएर नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। बंलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक पूरा गरे। अर्को गोल मोहम्मद आरिफले गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
