आर्सनल र म्यानचेस्टर सिटीको बराबरी
एजेन्सी– गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको छ। इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्। तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे । त्यसपछि पेप गार्डियोलाको टोलीले अग्रता जोगाउन सुरक्षात्मक खेल्यो।
