SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

ठमेलमा बाटोमा हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गर्ने एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रमा बाटोमा हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक युवती बाटोमा हिँडिरहँदा अपरिचित पुरुषले ‘ब्याड टच’ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । पीडित युवतीले आफ्नो परिचय खोल्दै घटनामा संलग्नमाथि कारवाहीको माग गरेकी थिइन् । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।