SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

हुम्लाको सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ १६ गतेदेखि विद्युत् आपूर्ति बन्द भएको हो ।