SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

त्रिशुली बाढीको ११औं दिनः सुरुङमा फसेका चिनियाँ नागरिक र बेत्रावतीकी एक महिलाको जीवितै उद्धार

काठमाडौं । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ११ दिनदेखि फसेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एक जना २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन् ।