चितवनमा स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु
चितवन । चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको लुप्र०१-००१ख ००४५ नम्बरको मिनी ट्रक र भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना३७प ७०९६ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
