SHARE
कर्पोरेट समाचार · शनिबार २० भौ २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा।गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका-५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका-७ बाधु र जगन्नाथ गाउँपालिका-५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार