पौडेल वंशको अध्यक्षमा सूर्य पौडेल चयन
सिन्धुपाल्चोक । पौडेल वंश महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा सूर्य पौडेल चयन भएका छन । शनिबार बाह्रबिसेको कभर्डहलमा भएको पौडेल वंशको अधिवेशनबाट सूर्य पौडेललाई अध्यक्ष चयन गरेको रामकृष्ण पौडेलले जानकारी दिए । शनिबार भएको दोस्रो अधिवेशनले १४ सदस्यीय कार्य समिति चयन गरेको छ। अधिबवेशनबाट सर्वसम्मत अध्यक्ष चयन गरिएको हो ।
