कबिर महर्जनको उद्धारपछि भावुक भएकी सासुले भनिन्– आशा मर्दै गएको थियो, धर्ती माताको गर्भबाट ज्वाइँको पुनर्जन्म भयो
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कवीर महर्जनको परिवारले उनको उद्धारलाई पुनर्जन्मकै रूपमा लिएको छ। कवीरकी सासुआमा नीलकुमारी महर्जनले लामो समयसम्म जीवित उद्धारको आशा रहे पनि आठ–नौ दिनपछि आशा कमजोर हुँदै गएको बताइन्।
