बर्जर पेन्ट्स नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख आर्थिक सहयोग
काठमाडौं । बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको भन्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।
