नुवाकोटका बाढीपीडितलाई ब्लू स्ट्रीक्सको खाद्यान्न सहयोग
काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढीपीडितलाई खाद्यान्न सहयोग गरेको छ। कम्युनिटीका सदस्यबाट संकलित ९३ हजार रुपैयाँबाट चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याडलगायत सामग्री खरिद गरी नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयस्थित अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको हो।
