गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२र८३ को अन्त्यसम्म कायम सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
