त्रिशूली–३ ‘ए’ को सुरुङबाट करिब २४० घण्टापछि दुई प्राविधिकलाई बाहिर निकाल्दाको क्षण (तस्बिरहरु)
काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट शुक्रबार आयोजनामा कार्यरत दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो।
