SHARE
बासुरी खबर · शुक्रबार​ १९ भौ २०८३ ०३:३७ AM · 1 मिनेट पढाइ

किरियामा पदमकी ११ वर्षीया छोरी: “बुवा कतै फुत्त आइहाल्नुहुन्छ कि?”

सिन्धुपाल्चोक — बुवाको हात समातेर विद्यालय जाने उमेर हो उनको। बुवासँगै बसेर आफ्ना साना–साना रहर सुनाउने, साथीहरूसँग खेल्ने र रमाउने उमेर। तर ११ वर्षीया खुस्बु कार्कीको बाल्यकाल यतिबेला शोकमा बदलिएको छ। बुवाको हात समातेर विद्यालय जानुपर्ने उमेरमा उनी अहिले बुवाको सम्झनामा काजकिरिया बसेकी छन्।