हेफर नेपाल र कर्मचारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड योगदान
काठमाडौं । हेफर इन्टरनेशनल नेपाल र संस्थाका कर्मचारीहरूले नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेका छन्। उच्च हिमाली क्षेत्रमा हिमनदी थुनिएर बनेको ताल फुट्दा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्र प्रभावित भएका छन्।
