SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकले भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ।