हिमालयन लाइफ इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग
काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीका अध्यक्ष नारायण बजाजले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
