SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा सरकार चुकेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहत कार्यमा सरकारको प्रभावकारितामाथि प्रश्न उठाएकी छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले सरकारले बेलैमा अन्तर्राष्ट्रिय सहयोग र अत्याधुनिक उपकरण परिचालन गर्न नसक्दा ठुलो मानवीय क्षति व्यहोर्नु परेको बताएकी हुन् ।