सामुन्द्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेस
काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक काननसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेस गरेको छ । सभाको बिहीवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त सम्झौता पेस गरेकी हुन् ।
