SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्त्येष्टि

गोरखा । गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन भन्ने दुबिधामा स्थानीय छन् । आफ्नाको ‘सास वा लास’ पर्खिएको एकसाता बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पालुङटार नगरपालिका–५ नौखोरवासीले भटाभट कुशको शव बनाएर काजकिरिया थालेका छन् ।