बाढीपीडित व्यवसाय पुनरुत्थानमा सरकारको चारखम्बे प्याकेज : साँवा–ब्याज भुक्तानीको म्याद सार्ने सुविधा, ऋणीलाई थप कर्जा र करछुट दिइने
काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि सरकारले राहत, कर छुट, सहुलियत तथा विभिन्न सुविधा दिने प्याकेज घोषणा गरेको छ।
