SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ १०:०० AM · 1 मिनेट पढाइ

रास्वपाको निष्कर्ष: खोज र उद्धारमा सरकारको काम सन्तोषजनक

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा बाढीपश्चात् सरकारद्वारा सञ्चालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । बिहीवार पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिएका हुन् ।