लोकतान्त्रिक खेलकुद संघका सबै स्थानीय तहमा नेतृत्व चयन
सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसनिकट खेलकुद संघ नेपाल लोकतान्त्रिक खेलकुद सघ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रको प्रदेश, क्षेत्र, पालिका र वडा तहमा नेतृत्व चयन गरेको छ। काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका अवसरमा सबै तहको नेतृत्व चयन गरिएको हो ।
