भाेटेकाेशी बाढीका कारण चीनमा रोकिएका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
सिन्धुपाल्चाेक । रसुवामा आएको बाढीपछि चीनतर्फ रोकिएका ११४ नेपाली बिहीबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनियाँ पक्षले सुरक्षित रूपमा उनीहरूलाई सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। चीनतर्फ फसेका १४७ नेपालीमध्ये पहिलो चरणमा ११४ जनालाई नेपाल ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिनुभयो।
