SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ १०:२४ AM · 1 मिनेट पढाइ

सुरुङमा फसेका नागरिकको अवस्थाबारे संसदलाई जानकारी गराउन सांसद बोहराको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।