रसुवा बाढीपीडित व्यक्ति र व्यवसायलाई कर तथा महसुल छुट दिने सरकारको निर्णय
काठमाडौं । सरकारले भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति, उद्योगी तथा व्यवसायीलाई कर तथा महसुल छुटसहित विभिन्न सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालनमा ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
