SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

राहत र उद्धार प्रभावकारी बनाउन तत्काल वैकल्पिक सडक मार्ग खोल्न सांसदहरूको माग

काठमाडौं । रसुवा बाढीपीडित प्रभावित क्षेत्रमा राहत र उद्धार प्रभावकारी बनाउन तत्काल वैकल्पिक मार्ग निर्माण गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् । बिहीवार बसेको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सडकमार्ग नहुँदा उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन नसकिएको बताएका हुन् ।