SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

बाँकेमा प्रदेश सरकारका ११६ विकास योजना सम्पन्न

राँझा । लुम्बिनी प्रदेश सरकारद्वारा गत आर्थिक वर्षमा बाँके जिल्लामा विनियोजन भएका ११६ पूर्वाधार विकासका योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा बाँकेमा प्रदेश सरकारका बहुवर्षीय तीन ठूला पुलसहितका योजना सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रबहादुर शाहले जानकारी दिए ।