SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके । धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव भएको छ । यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी रोपाइँ गरेका बाँकेका किसानले धानखेतीका लागि आवश्यक परेका बेला मल नपाउँदा उत्पादन घट्ने चिन्ता व्यक्त गरेका छन् ।