SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सम्पर्कविहीन सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौं । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको राससलाई जानकारी दिए ।