SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०५:४४ AM · 1 मिनेट पढाइ

विकसित मुलुकहरूको मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्बारे चासो

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले इस्ट टिमोरको डिलेमा आयोजित अति कम विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा नेपालको भोटेकोशी नदीमा आएको भयावह बाढी–पहिरो र क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी छन् ।