SHARE
अर्थ संवाद · मङगलबार ३१ असार २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

अभिमन्यु स् च्याप्टर–१’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ ।पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । अगाडि खैरो रङको मनी ब्याग छ ।कारागारको छेउ, अगाडि मनीब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि फिरौती उठाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, शान्त कलर अथाव निलो रङले पनि फेरि यसमा कन्ट्रयाडिक्सन थपेको छ । जे होसु पोस्टरले कौतुहल पैदा गरेको छ ।‘अभिमन्यु ः च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात ९सेप्टेम्बर २२० मा रिलिज हुँदैछ ।चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बुझ्न सकिन्छ ।पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा‘अभिमन्यु स् च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।मुकेश खनालको लेखन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन्  । ‘अभिमन्यु ः च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।