SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान र आफन्तको खोजतलासमा रहेका परिवार अहिले डिएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशमा छन् । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा हराइरहेका व्यक्तिका आफन्तहरूको डिएनए नमुना (रगत) सङ्कलन भइरहेको छ ।