SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा

चितवन । चिकित्सकले बाढीपहिरो पछि आँखामा समस्या हुनसक्ने जनाउँदै सावधानीका लागि अनुरोध गरेका छन् । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी मेडिकल निर्देशक डा पुष्पा गिरी श्रेष्ठ दूषित पानीले आँखा रातो हुने, सुन्निने, पिप जम्ने, चिलाउने, चोटपटक लाग्ने, दृष्टि धमिलो हुनेजस्ता सङ्क्रमणको जोखिम उच्च हुने बताउँछन् ।