SHARE
मकालु खबर · बिहीबार १८ भौ २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक

लमजुङ । निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन । विक्रम संवत् २०७६ असोज ३० गते निर्माण सम्झौता भएको १७ किलोमिटर सडक विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।