SHARE
बासुरी खबर · आइबार​ ५ असो २०८२ ११:३० AM · 1 मिनेट पढाइ

४० वर्षपछि गाउँ फर्केका हरिबहादुर लाई नगरपालिकाले घर बनाइदिने

बाह्रविसे । सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ७ का हरिबहादुर खत्री लाई बाह्रविसे नगरपालिकाले घर बनाइदिने भएको छ। खत्रीलाई आज विभिन्न खाद्यान्न सामग्रीका साथै लत्ता कपडाको व्यवस्था गर्दै नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले उनको बस्नको लागि बासस्थान नभएको बताउँदै दशैं लगत्तै खत्रीलाई बासको समेत व्यवस्था गरिदिने बताए ।